७ असार, काठमाडौं । नेकपा एमालेले बहुपहिचानका आधारमा ७ वटा प्रदेश बनाउने प्रस्ताव अघि पारेको छ ।

एमालेले आयोगमार्फत संविधान बनाउने र संसदको निर्वाचन गरी आयोगले बनाएको संविधान अनुमोदन गर्ने प्रस्ताव गरेको छ ।
एमालेले संविधान निर्माणमा अहिलेसम्म भएका काम तथा संविधानसभा विघटन हुनुको कारणबारे श्वतपत्र जारी गर्ने भएको छ । सचिव शंकरको संयोजकत्वमा गठित समितिमा प्रदीप ज्ञवाली, भीम रावल, रघुबिर महासेठ, थममाया थापा अग्नि खरेल र विन्दा पाण्डे रहनु भएको छ ।
एमालेले अन्तरिम संविधानको धारा ३८ आधारमा एकीकृत नेकपा माओवादी वाहेकको नेतृत्वमा सहमतीय सरकार गठन गर्नु पर्ने प्रस्ताव गरेको छ । साथै प्रधानमन्त्रीको राजीनामाका लागि सशक्त दबावमुलक आन्दोलन गर्ने अध्यक्ष खनालको प्रस्ताव छ ।
No comments:
Post a Comment