सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, June 25, 2012

बलात्कारको आरोपमा एक पक्राउ

सोम सुनुवार/उज्यालो । 
इलाम, असार ११ - इलामको जोगमाई २ की एक १९ बर्षिया गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जमुना ६ का देवराज गुरुङ्ग रहेका प्रहरीले जनाएको छ । आरोपित गुरुङ्गले जोगमाईस्थित घरबाट माईत घर जाने क्रममा जमुना गाविसकै वाड नं. ७ स्थित चुचे जङ्गगलमा बाटो ढुकेर जर्बजस्ती गरेको पीडित महिलाले बताएकी छिन् ।    
बेहोस भएकी महिलालाई होस खुलेपछि गाउँलेले उद्धार गरेका थिए । गुरुङ्गलाई पीडितको उजुरीका अधारमा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरी निरिक्षक गणेश बास्तोलाले बताउनुभयो ।   
पीडित महिला सात महिनाकी गर्भवती छिन् । पीडित महिलाले गुरङ्गले आफ्नो घाँटीमा समातेको र त्यसपछि आफू बेहोस भएको बताएकी छिन् । गुरुङ्गले १३ हजार रुपैयाँ नगद सुनका गर गहना र घडीसमेत लुटेर लगेको पीडित महिलाले बताएकी छिन् ।
इलाम जिल्ला अस्पतालले भने महिलामाथि बढी लछारपछार भएका कारण गर्भपतन हुनसक्ने बताउँदै बलत्कार भए नभएका बारेमा परिक्षणको रिपोर्ट आएपछिमात्र थाह हुने जनाएको छ ।
पीडित महिलालाई जिल्ला अस्पताल इलामले थप उपचारका लागि धरानस्थित बीपि कोईराला मेमोरियल अस्पताल पठाएको छ ।

No comments:

Post a Comment