जिम्बाबेका सांसदहरुको लिंग काटिएको छ । त्यहाँका १० जना सांसदहरुले राजीखुसीले आफ्नो लिंग काटेका हुन् ।
सुन्दा अचम्म लाग्नसक्छ र प्रश्न पनि
उठ्नसक्छ । आखिर सांसदहरुले किन लिंग काट्न थाले ? हो एचआइभी एड्स
विरुद्धको अभियानमा साथ दिँदै सांसदहरुले आफ्नो लिंगमुण्ड छोपेको छाला
काटेका वा खतना गरेका हुन् । झण्डै १० मिनेटको शल्यक्रिया गरेर उनीहरुले
आफ्नो लिंगको छाला ताछेका हुन् ।
एड्स विरोधी सांसद समूहका अध्यक्ष समेत
रहेका सांसद ब्लेसिङ चेबुन्डो लिंगको छाला ताछ्ने पहिलो सांसद बने ।
आफुहरुले लिंग ताछ्नुको मुख्य कारण सर्वसाधारणलाई एड्सको बारेमा जनचेतना
जगाउनु र खतना गर्नको लागि प्रोत्साहित गर्नु भएको उनको भनाइ छ ।
स्मरण रहोस् संयुक्त राष्ट्रसंघको एक
अध्ययनले पुरुषको लिंग खतना गर्ने कामले एचआइभी एड्सको फैलावट कम गर्ने
तथ्य पत्ता लगाएको थियो । डब्लुएचओका अनुसार खतना गरिएमा पुरुषमा एचआइभी
सर्ने खतरा ६० प्रतिशतले घटाउन सकिन्छ । मुस्लिम समुदायमा बच्चैमा खतना
गरिदिने चलन छ ।
No comments:
Post a Comment