सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, June 25, 2012

बाबुरामले वालुवाटार नछोडेसम्म सहमति हुँदैन : खनाल

११ असार, काठमाडौं ।
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री डा वावुराम भट्टराईले तत्काल राजीनामा दिनु पर्ने वताउनुभएको छ । खनालले भट्टराईले राजीनामा नदिएसम्म राष्ट्रिय सहमतिको वातावरण समेत नबने भएकाले तत्काल वालुवाटार छोड्नु पर्ने वताउनु भयो ।
 सोमवार ‘सेन्टलरेन्स अन्वेषण बृहत विज्ञान प्रदर्शनी २०६९’ को राजधानीमा उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भन्नुभयो,’राष्ट्रिय सहमति प्रधानमन्त्री वालुवाटरमै बसिरहे कसरी सहमति हुन्छ । त्यसैले सहमतिका लागि भट्टराईले पहिले बालुवाटर छोड्नु पर्छ । अनि मात्रै सहमतिको वातावरण वन्छ ।’ खनालले वर्तमान संकटको समाधानका लागि एकीकृत माओवादी र उसको नेतृत्वमा वनेको सरकारले कुनै चासो नदिएको समेत आरोप लगाउनु भयो । खनालले सरकारले असंवैधानिक रुपमा एकलौटी घोषणा गरेको नयाँ निर्वाचन हुनै नसक्ने वताउनुभयो । खनालले प्रधानमन्त्रीले सत्ता कब्जाको रणनीति र नयाँ निर्वाचन गराउने नाउँमा संविधानसभाको विघटन गराएको आरोप लगाउनुभयो ।
 अध्यक्ष खनालले प्रधानमन्त्रीले संविधान जारी नै नगरी संविधानसभा विघटन गराएर नयाँ निर्वाचनको घोषणा गरेर नेपाली जनतामाथि कुठाराघात गरेको आरोप लगाउनुभयो । खनालले राज्यको पुनर्संरचनाका विषयमा सीमांकन र नामांकनमा एकीकृत माओवादी लचिलो नभएकाले सहमति नजुटेको र त्यसकै कारण संविधानसभा विघटन भएको बताउनुभयो ।

No comments:

Post a Comment