मान्छेलाई एक दिन निद्रा परेन भनेपनि कस्तो अप्ठेरो महसुस हुन्छ र
स्वास्थ्यमै खराब असर पर्छ । यदि १० वर्षसम्म नसुत्नेहो भने के हालत होला ?
एकचोटी कल्पना गर्नुस् त ।
तर भारतका एक व्यक्ति पछिल्लो १० वर्षसम्म निदाउनुको त के कुरा आँखा
झिमिक्क समेत पारेका छैनन् । उत्तर प्रदेशको कुशीनगरस्थित रामकोला
क्षेत्रमा बस्ने हंसराज नामका व्यक्तिले पछिल्लो १० वर्षमा आँखा
झिम्क्याएकै छैनन् । ७० वर्षका हंसराज आँखा नझिम्क्याइकन बस्ने गरेका छन् ।
करीब १० वर्षपहिले उनी बिरामी परेका थिए । पारिवारिक विवादका कारण तनाव समेत बढ्दै जाँदा उनी बिरामी परे र उनी अनिद्राका सिकार भए ।
हुँदाहुँदा त उनले आँखा समेत झिम्किन छाडे ।
अहिले डाँडापारीको जुन भैसकेका हंसराजलाई बुढ्यौलीमा यो अनौठो रोगले निकै पिर पारेको छ ।
No comments:
Post a Comment