सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, May 30, 2012

फेरि संविधानसभाको निर्वाचन हुनै सक्दैनः महत

१७ जेठ, काठमाडौं ।
 नेपाली कांग्रेसका नेता डा रामशरण महतले फेरि संविधानसभाको निर्वाचन हुनै नसक्ने दावी गर्नु भएको छ ।
राजधानीमा बुधबार आयोजित कार्यक्रममा महतले सानो आकारको प्रत्यक्ष निर्वाचित संसदमा हुने गरी संसदको निर्वाचन गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै थाहाँ हुन्छ कसरी मिलाएर अगाडि बढ्ने भन्ने कुरा । समानुपातिबाट आएकालाई थाहाँ हुँदैन । प्रत्यक्ष निर्वाचनलाई नै समानुपातिक बनाउनु पर्छ ।’
सत्तामा बसेर निर्वाचन गर्न पाए सत्ताकब्जा गर्न सकिन्छ भन्ने दुरासायले निर्वाचन घोषणा गरेको भन्दै उहाँले निर्वाचनमा नजाने बताउनु भयो । राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदमुक्त गरिसकेकाले नयाँ चुनाव घोषणा असंबैधानिक प्रमाणित भएको दावी गर्नुभयो । राष्ट्रपतिको कदमको स्वागत गर्दै उहाँले मुलुकको निकास राष्ट्रिय सहमतिबाट मात्र सम्भाव रहेको बताउनु भयो ।
एमाले सचिव यूवराज ज्ञावलीले माओवादीले पूर्व योजना नै अनुसार नै संविधानसभा विघटन गराएको आरोप लगाउनु भयो । मंसिर ७ गते निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै उहाँले अब सहमतिमा संविधान निर्माण हुने सुनिश्चितता पछि मात्रै संविधानसभाको निर्वाचनमा जान सकिने बतानुभयो । राष्ट्रपतिले सहमतिका लागी सबै दललाई एकै ठाँउमा बोलाएर सहमतिको सरकार गठन गरी निर्वाचन गराउनु पर्ने उहाँको भनाई छ ।
कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बर्तमान सरकार कामचलाउनै भएको भन्दै राष्ट्रपतिले त्यस विषयमा बोल्न आवश्यक नभएको बताउनु भयो ।

No comments:

Post a Comment