सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, February 5, 2012

प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगियो

२२ माघ, काठमाडौं ।
 शान्ति प्रक्रिया, संविधान निर्माण र सहमतीय सरकार गठनबारे छलफल गर्न बसेको प्रमुख तीन दलको आइतबार बसेको बैठक विना निष्कर्ष टुंगिएको छ ।
शान्ति मन्त्रालयमा बसेको बैठकमा कांग्रेस र एमालेले जनसत्ताले गरेका जग्गासम्वन्धि कामलाई वैधानिकता दिने निर्णय खारेज नभएसम्म शान्ति र संविधानको काम अघि बढ्न नसक्ने अडान राखेपछि कुनै सहमति हुन सकेन । दुबै दलले जनसत्ताको कामलाई वैधानिकता दिने निर्णयबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनु पर्ने माग राखेका छन् । माओवादीले भने सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिइसकेकाले यसबारे विवाद गर्न नहुनेमा जोड दिएको थियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले भन्नुभयो-’जनसत्ताको निर्णयलाई फिर्ता नलिएसम्म सबै अवरुद्ध प्रक्रिया खुल्दैनन ।’ खनालले माओवादी शान्ति र संविधान निर्माणमा गम्भीर नभएको आरोप समेत लगाउनु भयो ।
संविधानसभामा रहेका दलहरुले शान्ति प्रक्रिया, संविधान निर्माण र सहमतीय सरकार गठनबारे प्रमुख तीनबीच सहमति गर्न सुझाव दिएपछि बैठक बसेको थियो । तीन दलबीच सहमति हुन नसक्दा संविधान निर्माण प्रक्रिया समेत अवरुद्ध भएको छ । तीन दलले सहमतिका लागि छलफल गर्ने बताएपछि आइतबारको संवैधानिक समितिको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित भएको थियो ।

No comments:

Post a Comment