सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, February 5, 2012

शान्ति र संविधानको बाधक माओवादी : गौतम


२२ माघ, बर्दिया । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एकिकृत माओवादीको दोहोरो चरित्रका कारण तोकिएकै समयमा शान्ति र संविधान निर्माण प्रक्रिया टुंगोमा पुग्न नसकेको आरोप लगाउनु भएको छ ।
उहाँले सरकारमा रहदा भारतको चाकडी गर्ने र बाहिर रहँदा उसको विरोध गर्ने माओवादीको चरित्रका कारण समयमै संविधान बन्न नसकेको वताउनु भयो ।
आइतवार विहान नेकपा एमाले बर्दियाले गुलरियामा आयोजना गरेको कार्यक्रममा  गौतमले तोकिएकै समयमा सविधान जारी गर्नका लागी सबै राजनितिक दल, नागरिक समाज , जनताले माओवादीलाई दवाव दिनु पर्ने बताउनु भयो ।

अहिलेको अवस्थामा राजनितिक दलहरु मिल्नुको विकल्प नभएको भन्दै दिगो शान्ति स्थापनाका लागी माओवादी कछुवाको गतिमा हिडेको आरोप लगाउनु भयो ।

No comments:

Post a Comment