सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, February 5, 2012

घाइते र अपाङ लडाकूलाई राहत दिने तयारीमा सरकार

२२ माघ, काठमाडौं ।
 घाइते तथा अपाङ्ग लडाकूलाई बिशेष ब्यबस्था हुनुपर्ने भन्दै लडाकूहरुले शिविरभित्रै आन्दोलन गरिरहेका बेला सरकारले उनीहरुलाई चार समूहमा बर्गीकरण गर्दै राहत दिने तयारी गरेको छ । नयाँ राहतको माग गर्दै घाइते तथा अपाङ लडाकूहरु आन्दोलनमा उत्रिएपछि शान्ति मन्त्रालयद्धारा गठित सुझाव समितिले पेश गरेको सिफारिसअनुसार उनीहरुलाई राहत दिने तयारी भइरहेको मन्त्रालय श्रोतले जनाएको छ ।
‘समितिले प्रस्ताव पेश गरिसकेको छ’ मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने-’छिट्टै मन्त्रिपरिषद्मा पेश गरिनेछ ।’ घाइते तथा अपाङ लडाकूहरुलाई थप राहत दिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहमत भइसक्नुभएको छ ।  सुझाव समितिले करिव ३५ सय घाइते तथा अपाङ लडाकूहरुलाई चार श्रेणीमा विभाजन गरी राहत प्याकेजको प्रस्ताव गरेको छ । गम्भीर घाइतेहरुलाई अति विशिष्टलाई आजीवन निवृत्तिभरण र सहयोगीको भरण पोषण व्यवस्था गर्न प्रस्ताव गरिएको छ भने हात वा खुट्टा मध्ये एक गुमाएकालाई दोस्रो श्रेणीमा राख्दै निवृत्तिभरण दिन प्रस्ताव गरिएको छ ।
सुझाव समितिका संयोजक कृष्ण केसीले अनलाइनखबरसँग भन्नुभयो-’पहिलो र दोस्रो श्रेणीमा रहेकाहरुका लागि पुनर्वास केन्द्र स्थापना गर्न प्रस्ताव गरेका छौं ।’ यस्तै आंशिक घाइतेलाई तेस्रो श्रेणीमा राखिएको छ भने सामान्य घाइतेलाई चौथो श्रेणीमा रोखिएको छ ।  सुझाव समितिले सबै घाइते तथा अपाङ्ग लडाकूहरुलाई अवकास योजनाको निश्चित रकमको ७५ प्रतिशत थप दिन पनि सुझाव दिएको छ । संयोजक केसीले भन्नुभयो-’अवकासमा जाँदा दिइने ५ देखि ८ लाख मध्ये कुनैलाई निश्चित मानेर त्यसको ७५ प्रतिशत थप रकम दिन प्रस्ताव गरेका छौं ।’

समितिले विभिन्न २८ वटा शिविरमा रहेका लडाकूहरुलाई र्फम भराएर विवरण लिएको छ । अहिलेसम्म करिव २ हजार ६ अपाङ्ग लडाकूको बर्गीकरण सकिएको छ भने केहीको बाँकी रहेको छ । संयोजक केसीका अनुसार पहिलो श्रेणीका घाइते लडाकूमा २८ जना, दोस्रो श्रेणीमा करिव ३ सय ५० जना, तेस्रो श्रेणीको घाइते ९ सय जना छन् भने चौथो श्रेणीमा १३ सय लडाकू छन् ।  ७ बुँदे सहमतिमा घाइते तथा अपाङ लडाकूलाई बिशेष ब्यबस्था गर्ने उल्लेख नभएपछि उनीहरुले वर्गिकरणका बेलादेखि नै आन्दोलन गर्दै आएका छन् । माघ २३ गतेसम्ममा आफूहरुको माग पूरा नभए अवकास रोजेका लडाकूहरुको विदाई प्रक्रिया समते अवरुद्ध पार्ने चेतावनी दिएका छन् । घाइते तथा अपाङ लडाकूहरुले स्वेच्छिक अबकास रोजेका छन् ।

No comments:

Post a Comment