सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, February 5, 2012

शान्ति प्रक्रिया निष्कर्शमा नपुगेसम्म काँग्रेसले सरकारको नेतृत्व गर्दैन : कोइराला


२२ माघ, विराटनगर ।  नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले शान्ति प्रक्रिया निष्कर्शमा नपुगेसम्म काँग्रेसले सरकारको नेतृत्व नगर्ने वताउनु भएको छ ।  कोइरालाले काँग्रेसले सरकारलाई भन्दा शान्ति प्रक्रिया र संविधान निर्माणलाई जोड दिइरहेकाले शान्ति प्रक्रिया नटुंगीएसम्म सरकारको नेतृत्व नसम्हाल्ने स्पष्ट पार्नु भयो ।
मोरङको विराटनगर विमानस्थलमा आइतवार विहान  पत्रकारहरुसंग कुराकानी गर्दै कोइरालाले शान्ति प्रक्रिया टुंगिएपछिमात्रै सरकार निर्माणका लागी पार्टीमा छलफल हुने वताउनु भयो । सभापति कोइराललाले जनयुद्धका वेला तत्कालिन माओवादी जनसत्ताले गरेका निर्णयलाई  बैधानिकता दिने सरकारको निर्णय खारेज नभएसम्म संसद अवरुद्ध जारी रहने वताउनु भयो ।
जनसत्ताको निर्णय सर्वोच्च अदालतले रोक्न आदेश दिएकाले मन्त्री परिषदवाट गरिएको निर्णय तत्काल खारेज गर्न आग्रह गर्नु भयो ।  कोइरालाले काँग्रेस लडाकुको दर्जा निर्धारणका विषयमा लचिलो हुने भन्दै शान्ति प्रक्रियालाई टुंगाउन कुनै प्रकारको अबरोध खडा नगर्न माओवादीलाई आग्रह समेत गर्नु भयो ।

No comments:

Post a Comment