सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, February 9, 2012

चेक खोसिएका लडाकूहरुको गुनासो सुन्न हटलाइन

२६ माघ, काठमाडौं । 
स्वेच्छिक अबकाश रोज्ने लडाकूको चेक शिविरभित्रै खोसिने र डरका कारण लडाकूहरु वैंकसम्म पनि जान डराउने अबस्था भएपछि सेना समायोजन विशेष समितिले लडाकूहरुको गुनासो सुन्न हटलाइनको व्यवस्था गर्ने भएको छ ।
अबकास रोजेका लडाकूहरुको चेक तथा परिचय पत्र खोसिएको घटनाहरु सार्वजनिक भएपछि विशेष समितिको बिहीबार बसेको बैठकले लडाकूहरुको गुनासो सुन्न सचिवालयमा हटलाइन स्थापना गर्ने निर्णय गरको हो । बिशेष समितिमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस र एमालेका प्रतिनिधिले लडाकू कमाण्डहरुले चेक लिने लडाकूलाई धम्क्याएको र वैंकसम्मै पुगेर रकमसमेत लुटेर हिड्ने गरेको भन्दै कडा आपत्ति जनाएपछि बिशेष समिति संयोजक समेत रहेका प्रधानमन्त्रीले लडाकूको गुनासो सुन्न हटलाइन ब्यबस्था गर्न निर्देशन दिनुभएको हो ।
माओवादी नेतृत्वले नै अबकाश रोजेका लडाकूबाट ४० प्रतिशतसम्म रकम असुल्न कमाण्डरलाई निर्देशन दिएको खबर सार्वजनिक भएपछि अन्य दलले राज्यले दिने रकम लडाकूले नै पाउने सुनिश्चीत गर्न सरकारसँग माग गरेका छन् ।

विशेष समिति सदस्य भीम रावलले भन्नुभयो-’लडाकूहरुलाई दिइएको रकम उनीहरुले नै पाउन् भन्ने सुनिश्चित गर्न बैंकका अधिकारीहरुसँग कुरा गर्ने र चेक सातदिनसम्म होल्ड गर्ने सहमति भएको छ ।’ बैठकमा कांग्रेस र एमाले प्रतिनिधिले अबकास रोजेका लडाकूहरुको चेक तथा परिचय पत्र खोसिएको भन्दै आपत्ति जनाएका थिए । बैठकले शिविरहरुको पुनःसंरचना तथा सुरक्षाबारे प्रस्ताव ल्याउन सचिवालयलाई निर्देशन दिएको छ । सचिवालयको प्रस्तावमाथि आइतबारको बैठकमा छलफल हुनेछ ।
स्वेच्छिक अबकाश रोजेका लडाकूको वहिर्गमनसँगै ५० प्रतिशत लडाकू शिविर खाली गर्ने तयारीमा बिशेष समिति रहेको छ । कुन कुन शिविर बन्द गर्ने र समायोजन रोजेका लडाकूलाई कुन कुन शिविरमा केन्द्रीत गर्ने भन्ने बिषयमा सचिवालयले प्रस्ताव तयार पार्ने छ ।

No comments:

Post a Comment