सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, February 5, 2012

बस दुर्घटनामा ३ को मृत्यु,२० घाइते

२२ माघ, सुनसरी ।
 झापाको सुरुङ्गामा आज विहान भएको बस दुर्घटनमा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । मृत्यु हुनेमा बस चालक मेचीनगर-१० का ३३ वषिर्य अशोक अधिकारी, इटहरी-५ की ७०वषिर्या वृद्धा कृष्णमाया श्रेष्ठ र ठेगाना नखुलेका विष्णु रिजालका १० वषिर्य  छोरा निर्जल रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
काकड्भित्तावाट धनकुटा आउदै गरेको मे १ ख ९१६ नम्बरको यात्रुवहाक वस झापाको सुरुङ्गाको जुगेखोलाको कल्वर्टमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुको झापाको बिर्तामोडस्थित कञ्चनजंगा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment