सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, February 2, 2012

उपत्यकाका २ लाख विद्यार्थी पठनपाठनबाट वञ्चित

१९ माघ, काठमाडौँ ।
 निजी विद्यालय शिक्षक संगठन ‘इष्टु’ले आहृवान गरेको बन्दका कारण बिहीबार उपत्यकाका १ हजार बढी विद्यालयका दुई लाखभन्दा बढी विद्यार्थी पठनपाठनको अधिकारबाट बञ्चित भएका छन् ।
काठमाडौँको कपनस्थित ड्याफोडिल बोर्डिङ स्कुलका शिक्षक रमेश दंगाल र विजेन्द्र प्रधानलाई विद्यालय प्रशासनले बुधबार ६ घण्टा बन्धक बनाउनुका साथै बाहिरी मान्छे बोलाएर कुटपिट गरेको विरोधमा शिक्षकहरुले निजी विद्यालयको पठनपाठन बन्द गराएका हुन् । विद्यार्थी र शिक्षकसँग सम्बन्धित विभिन्न माग पेश गर्ने क्रममा आक्रोशित रुपमा प्रस्तुत भएका विद्यालयका पि्रन्सिपल हरि दाहालले दंंगाल र अर्का शिक्षक विजेन्द्र प्रधानलाई पाँच घण्टा थुनेर शिक्षकबाट निष्कासन गरेका थिए ।
शिक्षकहरुले एक महिनाअघि आफूहरुले नियुक्तिपत्र पाउनुपर्ने, विद्यालय व्यवस्थापन समिति गठन गरिनुपर्ने, समितिमा शिक्षक प्रतिनिधि सहभागी हुनुपर्ने, विद्यार्थीका लागि अनिवार्य पुस्तकालयको व्यवस्था हुनुपर्ने लगायतका मागपत्र विद्यालय प्रशासनसमक्ष बुझाएको सम्बन्धमा पि्रन्सिपल दाहालले मंगलबार र बुधबार वार्ता गर्ने भन्दै कोठामा बन्धक बनाएर गुण्डाहरु बोलाई पिट्न लगाएको शिक्षकहरुको आरोप छ ।
 दाहालले भने शिक्षकहरुको आरोप अस्वीकार गर्दै उल्टै ती शिक्षकले राजनीतिक दलको आडमा आफूमाथि धम्की दिने गरेको दाबी गरे । शिक्षकहरुले ड्याफोडिल स्कुलको पठनपाठन भने निष्कासित सहकर्मीको पुनर्वहाली नभएसम्म अनिश्तिकालका लागि बन्द गराउने चेतावनी दिएका छन् ।

No comments:

Post a Comment