सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, February 2, 2012

इन्धनको हाहाकार मच्चिएकामा प्रधानमन्त्री चिन्तित


१९ माघ, काठमाडौँ । घाटा कम गर्न भन्दै मूल्यवृद्धि गरिएपछि पनि इन्धनको हाहाकार भएको सम्बन्धमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्वद्ध पक्षका अधिकारीहरुसँग आज छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्रील आज अपराहृन बजारमा ग्याँस र पेट्रोलियम पदार्थको अभाव भएको विषयमा वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, आलय निगमका अधिकारी तथा सरोकारवाला पक्षसँग छलफल गर्न लाग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले अपराहृन सवा २ बजे प्रधानमन्त्रीले समस्या समाधानको पहलमा छलफल डाक्नुभएको अनलाइनखबरलाई जानकारी दिनुभयो ।
यादवका अनुसा प्रधानमन्त्री भट्टराई बजारमा चर्किँदै गएको पेट्रोलियम पदार्थको अभावप्रति चिन्तित र गम्भीर गम्भीर बन्नुभएको छ । यादवका अनुसार अभाव चुलिँदै जाँदा उपभोक्ता आफैंले ग्याँस खोसेर लिएकोप्रति प्रधानमन्त्री गम्भीर बन्नुभएको हो । ‘उपभोक्ता आफैंले ग्याँस खोसेर लिन थालेकोप्रति प्रधानमन्त्रीज्यू गम्भीर बन्नुभएको छ, यादवले भन्नुभयो, ‘त्यसैले बजारमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि उहाँले सम्वद्ध पक्षका अधिकारीलाई बेालाएर तत्काल आपूर्ति सहज गर्न निर्देशन दिन लाग्नुभएको हो ।’
यसैबीच प्रधानमन्त्री भट्टराईले पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाई बजारमा रहेको अभाव अन्त्यका लागि छलफल गर्न आजै साँझ मन्त्रिपरिषदको बैठकसमेत बोलाउनुभएको छ । बैठक ५ बजेपछि सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

No comments:

Post a Comment