सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, February 2, 2012

रेकर्ड तोड्न ६० जनाको हत्या

विश्वमा हरेक मानिसलाई किर्तिमान राख्न मन लाग्छ । धेरै मानिसको रहर राम्रो काम गरेर किर्तिमान राख्ने हुन्छ भने कोहीकोही यस्ता मुर्खहरु हुन्छन् जसले नराम्रो काम गरेरै भएपनि किर्तिमान राख्न चाहन्छन् । रुसमा पनि यस्ता व्यक्ति फेला परेका छन् जसले मान्छे मार्ने काममा राष्ट्रिय किर्तिमान कायम गर्न ६० जना मानिसको हत्या गरेका छन् ।
सिरियल किलर एलेक्जेन्डर पिकुस्किनले हत्यामा किर्तिमान राख्न यतिधेरै मान्छेको ज्यान लिएका हुन् । अर्का सिरियल किलर एन्द्रेइ चिकोतिलोको ५२ जनाको हत्याको रेकर्ड तोड्न उनले ६० जनाको हत्या गरे ।

चिकोतिलो १९९२ मा पक्राउ पर्नुअघि ५२ जनाको हत्या गरेका थिए । यता २००६ मा पक्राउ परेका एलेक्जेन्डरले त्यसबेलासम्म ६० जनाको हत्या गरिसकेका थिए । पक्राउ पछि उनले आफुले किर्तिमान कायम गर्न यतिधेरै मान्छेको हत्या गरेको बताएका थिए ।
एलेक्जेन्डरलाई रुसमा चेसबोर्ड किलरको नामले पनि चिनिन्छ ।
चेसबोर्डका ६४ वटा कोठा जस्तै उनले पनि ६४ जना मान्छेको हत्या गर्न चाहन्थे तर ६० जनाको हत्यापछि उनी पक्राउ परे । उनले वृद्धवृद्धा, युवायुवती तथा बच्चाबच्ची सबैको हत्या गरेका छन् ।
उनले रुसको बित्सा पार्कमा बस्ने सुकुम्बासीहरुको पनि हत्या गरेका थिए ।

No comments:

Post a Comment