सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, February 22, 2012

विश्वकै होचा व्यक्ति चन्द्रबहादुर ? (फोटो फिचरसहित)

१० फागुन, काठमाडौं । चन्द्रबहादुर डाँगी आफू विश्वको होचो व्यक्ति भएको दावी गर्दै काठमाडौं आइपुगेका छन् । विभिन्न विषयमा विश्व किर्तिमानको प्रमाणपत्र दिने गिनिज वल्र्ड रेकर्डका पदाधिकारी यसैसाता काठमाडौं आउने भएपछि डाँगी बुधबार काठमाडौं आएका हुन् ।
डाँगीको उचाइ नाप्न गिनिजका अधिकारी नेपाल आउने निष्कर्षमा पुगेका गिनिज वल्र्ड रेकर्डको आधिकारिक वेबसाइटले पनि जनाएको छ । नेपालमा आएर डाँगीको स्वास्थ्य परिक्षण तथा उचाइको आधिकारिकताको विषयमा परिक्षणको लागि स्वास्थ्यकर्मीहरुसँग परामर्श थालिएको वेबसाइटमा उल्लेख छ ।
७२ वर्षका डाँगीको उचाई ५६ सेन्टिमिटर अर्थात २२ इन्च दाबी गरिएको छ । विश्वको सबैभन्दा होँचो व्यक्तिको रुपमा अहिले फिलिपिन्सका जर्नी बालाविङ रहेका छन् र उनको उचाइ २३.५ इन्च छ । महिलाको हकमा भने २४.७ इन्च अग्ली भारतकी ज्योती अम्गे सबैभन्दा होँची महिलाको रुपमा रहेकी छिन् ।

यदि डाँगीको उचाइँ दाबी गरिएअनुसार सही भएमा उनी विश्वको सबैभन्दा होँचो व्यक्तिको रुपमा दर्ज हुनेछन् । यसअघि नेपालकै खगेन्द्र थापामगरले पनि केही समयका लागि विश्वको सबैभनदा होँचो व्यक्तिको रुपमा आफुलाई दर्ज गरेका थिए ।


No comments:

Post a Comment