२० माघ, काठमाडौं ।
कुवेतमा शुक्रबारबाट सुरु भएको एसीसी अन्डर १९ महिला म्याम्पियनसिप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिएका दुई पटकको विजेता नेपालले चीनलाई ७ विकेटले पराजित गरेको छ ।

यसअघि युनिटी मैदानमा भएको खेलमा टस हारेर व्याटिङ थालेको चीनले २३ दशमलव १ ओभरमा अलआउट हुँदै ६१ रन बनाएको थियो । चीनलाई सस्तैमा समेट्ने क्रममा म्याच अफ दि उमन कविताले ३ विकेट हात पारिन् ।
नेपालले अब भोली मलेशियासँग खेल्नेछ ।
No comments:
Post a Comment