सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, February 3, 2012

बसको ठक्करवाट डिएसपी गौतमको मृत्यु

२० माघ, काठमाण्डौ । 
बसको ठक्करवाट सशस्त्र प्रहरीका डिएसपी  प्रशान्त गौतमको मृत्यु भएको छ ।  वा ३१ प ८३४६ नम्बरको मोटर साइकलमा सवार काठमाण्डौ मुलपानी स्थायी घर भएका डिएसपी गौतमलाई जोरपाटीको दक्षिण ढोका अगाडी बा २ ख १८८५ नम्बरको बसले गए राती पौने १० बजेतिर ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र बस चालक विनोद आचार्यलाई प्रहरीले आफ्नो नियन्त्रणमा  लिएको छ । भक्तपुरको गोकर्णस्थित गुहृेस्वरी गणमा कार्यरत गौतम हाल नुवाकोटको ककनी तालिम केन्द्रमा तालिमरत थिए ।  गौतमको पार्थिव शरिरलाई आजै पशुपतिको आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

No comments:

Post a Comment