सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, February 3, 2012

प्रचण्ड अनुपस्थित भएपछि संवैधानिक समितिको वैठक औपचारिकतामै सिमित

२० माघ, काठमाण्डौ ।
 एकिकृत माओवादीका शिर्ष नेताहरु अनुपस्थित भएपछि संवैधानिक समितिको वैठक औपचारिकतामा समिति भएको छ । शुक्रवार विहान समितिको कार्यलयमा सिंहदरबारमा बसको समितिको वैठकमा माओवादी शिर्ष नेताहरु अध्यक्ष प्रचण्ड, माओवादी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा बाबुराम भट्टराई लगायतका नेताहरु उपस्थित नभएपछि वैठक औपचारिकतामा मात्र सिमित भएको काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले जानकारी दिनु भयो ।आजको वैठकमा आत्मनिर्णयको अधिकार र बहुलवादका विषयमा  सामान्य छलफल भएको नेता पौडेलले जानकारी दिनु भयो । बैठकमा सहभागी माओवादी वैद्य पक्षका नेताहरुले भने उपसमितिमा सहमति भएका विषयमा पूनः छलफल गर्नु पर्ने अडान राखेका थिए ।
संविधान सभाको म्याद चौथो पटक थपिएपछि विहीवार दोस्रो पटक संविधान निर्माणको कार्यतालिका संशोधन भएपछि पहिलो पटक वसेको समितिको बैठक औपचारिकतामा मात्रै समिति भएको हो । संवैधानिक समितिको अर्को बैठक पर्सि आइतवार फेरि बस्नेछ ।

No comments:

Post a Comment