सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, February 26, 2012

सेनाको तीन पदमा राजनीतिक सहमति गर्ने माओवादी प्रस्ताव

१४ फागुन, काठमाडौं ।
 एकीकृत नेकपा माओवादीले आफ्ना लडाकूका लागि माग गर्दै आएको बि्रगेडियर जर्नेलसहितका प्रमुख तीन पदमा राजनीतिक सहमति गर्न प्रस्ताव गरेको छ ।
प्रमुख तीन दलको आइतबार बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लडाकू समायोजनपछि नेपाली सेनाको मातहतमा बन्ने महानिर्देशनालयको मुख्य तीन पद राजनीतिक सहमतिबाट टुङ्गो लगाउन प्रस्ताव गर्नु भएको हो । प्रचण्ड निकटका पोलिटव्युरो सदस्य हरिबोल गजुरेलले आनलाइनखबरसँग भन्नुभयो-’बि्रगेडियर जर्नेलसहितका तीन पदमा राजनीतिक सहमति गरौं भन्ने हाम्रो प्रस्ताव हो ।’
कांग्रेस, एमाले र नेपाली सेनाले भने सेनाको स्थापित मापदण्ड अनुसार लडाकूलाई मेजरभन्दा माथिल्लो पद दिन नसकिने बताउँदै आएका छन् ।
अध्यक्ष प्रचण्डले समायोजनमा जाने लडाकूहरुका लागि नेपाली सेनाले प्रस्ताव गरेको ब्रजकोर्सको मापदण्ड पुनरावलोकन गर्नु पर्ने र घाइते तथा अपाङ लडाकूलाई थप सहायता दिनु पर्ने प्रस्ताव गर्नु भएको छ । प्रमुख तीन पद र बि्रजकोर्समा सहमति भए तत्काल समायोजन प्रक्रिया सुरु गर्न सकिने भन्दै प्रचण्डले समायोजन प्रक्रिया सुरु भएको २१ दिनभित्र लडाकूहरुको शिविर खाली गर्ने प्रस्ताव गर्नु भएको गजुरेलले वताउनुभयो । बैठकमा अध्यक्ष प्रचण्डले शान्तिप्रक्रियाबारे बुँदागत रुपमा प्रस्ताव पेश गर्नु भएको थियो ।

तर, कांग्रेस र एमालेले भने आफ्नो जिम्मामा रहेको संविधान निर्माण र सत्य निरुपण तथा मेल मिलाप लगायतका आयोग गठनबारे ठोस प्रस्ताव नै पेश गरेनन् । शुक्रबारको बैठकमा प्रचण्डले शान्ति प्रक्रिया, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान निर्माण र कांग्रेस सभापति सुशील कोइरालाले सत्य निरुपण तथा मेल मिलाप लगायतका आयोग गठनबारे सहमतिको प्रस्ताव ल्याउने सहमति भएको थियो ।
अध्यक्ष हुँदाहुँदै बरिष्ठ नेता नेपाललाई सहमति जुटाउने जिम्मेवारी दिएको भन्दै एमाले अध्यक्ष झलनाथ खनाल असन्तुष्ट बनेपछि एमालेले संबिधानका बिबादित बिषयबारे सहमतिको पहल नै गर्न पाएन् । तीन दलको वैठमा आफै उपस्थीत हुने बताएपछि जिम्मेवारी पाएका नेता नेपाल आइतवारको वैठकमा गएनन भने झलनाथ खनाल वैठकमा सहभागी थिए ।
कांग्रेस र एमालेले सहमतिको प्रस्ताव पेश नगरेपछि माओवादी सशंकित भएको छ । गजुरेलले भन्नुभयो-’अहिले पनि कांग्रेस र एमालेले संविधान निर्माण गर्न नचाहेको हो कि भन्ने आशंका छ ।’

No comments:

Post a Comment