सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, February 26, 2012

चन्द्रबहादुर बिश्वकै होचा व्यक्ति भएको प्रमाणित (फोटोफिचर र भिडियो)

१४ फागुन, काठमाडौं ।
 ७२ बर्षीय नेपाली नागरिक चन्द्रबहादुर डाँगी बिश्वकै सवैभन्दा होचा ब्यक्ति भएको गिजिन बुक अफ वल्र्ड रेकर्डले पुष्टी गरेको छ । योसँगै उनी बिश्वकै सवैभन्दा होचा जिवित बयस्कका रुपमा दरिएका छन् ।
उनको उचाई नाप्न आएको गिनिज बुक अफ वर्ल्ड रेकर्डसको टोलीले आइतबार चन्द्रबहादुरको उचाई ५४.५ सेन्टिमिटर अर्थात २१.५ इन्च मात्र भएको प्रमाणित गरेको हो । लैनचौरको क्लिनिक ट्राभल मेडिकल सेन्ज्टरमा २४ घण्टामा तीनपटकसम्म डाँगीको नाम लिइएको थियो । डाँगीको नाप लिन गिनिज बुक अफ वर्ल्ड रेकर्डसका प्रधान सम्पादक क्रेग ग्लिन्डेसहितको टोली काठमाण्डौं आइपुगेको थियो । टोलीले डाँगी संसारकै सबैभन्दा होचो र जिवितमा सबैभन्दा होचो व्यक्तिको प्रमाणपत्र दिएको छ ।
नेपालका चन्द्रबहादुर डाँगी यसअघि यो किर्तिमान फिलिफिन्सका जुनेर वालापिङको नाममा रहेको थियो । चन्द्रबहादुर जुनेरभन्दा ५.३ सेमी होचा छन् । उनको उचाई ५९.९ सेमी अर्थात २३.५ इन्च रहेको थियो । उनले गत जुनमा नेपालकै खगेन्द्र थापा मगरको नाममा रहेको होचा व्यक्तिको किर्तिमान खोसेका थिए ।
यो बुढ्यौलीमा बिश्व रेकर्ड कायम राख्न गिनिज बुकको सम्पर्कमा पुगेका चन्द्रले नयाँ रेकर्डबाट उनको स्वास्थ्यका लागि सहयोग पाउने गिनिज बुकले अपेक्षा गरेको छ । प्रधानसम्पादक ग्लिन्डेले भने- गिनिज बुकको ५७ बर्षे इतिहासमा चन्द्र नै मापन गरिएका सवैभन्दा होचा ब्यक्ति हुन् ।’
चन्द्रको रहर के के ?
७२ बर्षको उमेरसम्म गुमनाम रहेका चन्द्रबहादुर गिनिज बुकले दिएको प्रमाणपत्रसँगै चर्चामा आएका छन् । प्रमाणपत्र पाएपछि चन्द्र संचारकर्मीमाझ निकै प्रफुलित देखिन्थे ।

‘मेरा लागि देशले केही गर्दियोस’ डाँगीले भने- ‘देशमा राम्रो होस मेरो अरु केही चाहना छैन् ।’ नयाँ पहिचान र तामझामबाट खुसी देखिएका चन्द्रले गीत पनि गाएर सुनाए । कुनै बेला चर्चित रहेको ‘पानको पात’ बोलको गीत गाउँदै उनले आफ्ना पुराना दिनहरु सम्झिए ।
‘तरुनीहरुले मलाई उचालेरै घुमाउँथे’- चन्द्रले भने-’होंचो भएकाले बिहे गर्ने केटी नै पाइन् ।’ आफ्ना चार दाजुभाई भन्दा निकै कम उचाई रहेका चन्द्रबहादुरले त्यही कारण उमेरमा बिबाह गर्न सकेनन् । अहिले त उनलाई बिबाह गर्ने रहर पनि छैन् । चन्द्र भन्छन-७२ बर्ष भइसकियो, अब त के बिहे गर्नु ?’ उनी जान्ने भएदेखि आजसम्म वस्तुभाउ चराउने काम गरिरहेका चन्द्रलाई लाग्छ अब पनि वस्तुभाउ चराउने नै हो । गिनिज बुकले दिएको प्रमाणपत्र बोकेर उनी गाउँ जाने तयारीमा छन् ।
तर उनलाई बिदेश घुम्न भने मन छ । ‘मलाई संसार घुमेर अरु देशमा मानिसहरु पनि भेटन मन छ’-चन्द्रले गिनिज बुकका अधिकारीलाई भने । त्यही रहर पुरा गरिदिन चन्द्रबहादुरका नाममा प्रतिष्ठान समेत बनाइएको छ ।

No comments:

Post a Comment