सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, February 2, 2012

जनसत्ताको कामलाई वैधानिकता दिने निर्णय फिर्ता लिन सरकारलाई दलहरुको दबाव

१९ माघ, काठमाडौं ।
 एकीकृत नेकपा माओवादी बाहेकका दलहरुले जनसत्ताले गरेका जग्गासम्वन्धी कामलाई वैधानिकता दिन सरकारलाई आग्रह गरेका छन् ।
संविधानसभामा रहेको दलहरुको बिहीबार बसेको बैठकमा कांग्रेस, एमालेसहितका अधिकांश दलले सरकारको निर्णयका कारण शान्ति र संविधान निर्माणमा अवरोध आएको भन्दै फिर्ता लिन आग्रह गरेका हुन् । बैठकमा कांग्रेस सभापति सुशील कोइरालाले माओवादीले सातबुँदे सहमति कार्यान्वयन नगरेको भन्दै थप सहमतिको कुनै औचित्य नभएको बताउनु भयो । उहाँले जनसत्ताका कामलाई वैधानिकता दिने निर्णय र नेपाल चीन वा भारतमा मर्ज हुनुसक्ने प्रधानमन्त्रीको भनाईमा आपत्ति जनाउँदै तत्काल सच्याउन माग गर्नुभयो ।
एमाले अध्यक्ष झलनाथ खनालले शान्ति र संविधान निर्माण गर्न तथा जनतालाई राहत दिन सरकार असफल भएको बताउनु भयो । उहाँले सदनदेखि सडकसम्म सरकारको विरोध भइरहेका भन्दै तत्काल सम्वोधन नगरिए धैयताको बाँध टुट्ने चेतावनी दिनुभयो । यसैगरी साना दलहरुले पनि सरकारको निर्णयले शान्ति र संविधान निर्माणमा अवरोध आएको भन्दै फिर्ता लिन आग्रह गरेको परिवार दलका नेता एकनाथ ढकालले जानकारी दिनुभयो ।
जवाफमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले किसानका समस्या समाधान गर्ने विकल्प दिन आग्रह गर्नुभयो । दलहरुले विकल्प दिए तत्काल मन्त्रिपरिषद्को बैठक बोलाएर निर्णय फिर्ता लिने जानकारी दिनुभयो । उहाँको भनाई उदृत गर्दै एक नेताले भने-’किसानहरुको समस्या समाधान गर्न विकल्प दिनुहोस्, म अहिले नै मन्त्रिपरिषद्को आप्पकालिन बैठक बोलाएर निर्णय फिर्ता लिन्छु ।’
बैठकको सुरुमा नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका एजेण्डाहरु प्रस्तुत गर्दै छलफलका लागि आग्रह गर्नु भएको थियो । बैठकमा शान्ति प्रक्रिया, संविधान निर्माण, राष्ट्रिय सरकार गठन लगायतका विषयमा छलफल हुनेछ । बैठकमा सबै दलले बोलिनसकेकाले पर्सी फेरि बस्नेछ ।

No comments:

Post a Comment