सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, January 7, 2012

बन्दुकको आडमा संविधान बनाउने सपना नदेखः कोइराला

२३ पुस, पोखरा ।
 नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले कोइरालाले माओवादीलले बन्दुकको आडमा डर, धाक र धम्की देखाएर आफू अनुकूलको संविधान जारी गर्न चाहेको आरोप लगाउनुभएको छ ।
पोखरामा आज आयोजित एक कार्यक्रममा सभापति कोइरालाले माओवादी मुलुकमा सर्वसत्तावादी कम्युनिष्ट व्यवस्था स्थापनाको दिवा सपना देखेर अघि बढेको टिप्पणी गर्नुभयो । नेपाली जनतामाथि सर्वसत्तावाद लाद्ने माओवादी दिवास्वप्न आफूहरुले पूरा गर्न नदिने दाबी कोइरालाको थियो । ‘बन्दुकको आडामा आफू अनुकूलको संविधान बनाउँछु भन्ने विदास्वप्न नदेखे हुन्छ’, कोइरालाले भन्नुभयो, माओवादी सर्वसत्तावाद लाद्न विदा सपना देखेर हिँडेका छन्, काँग्रेसले यसलाई पूरा हुन दिँदैन ।’
ठूलो पार्टीको नेताका नाताले लचकताका साथ प्रस्तुत भएर शान्ति र संविधान खेलनकार्यको नेतृत्व लिन माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभयो । जनताबाट जस लिने बेला आएको भन्दै अवसर नगुमाउन प्रचण्डलाई कोइरालाको अनुरोध थियो ।

No comments:

Post a Comment