राजकुमार क्षेत्री
स्याङ्जा जनवरी, ७
स्याङ्जा जिल्लाको बिच भागमा रहेको दार्शिङ दहथुम गा बि स मा बिरामीहरुलाई आपत्कालिन सेवा दिनको लागी अहिले सम्म एम्बुलेन्स नभएको हुँदा गा बि स का बिदेशमा बस्ने बासिन्दाहरु मिलेर एक एम्बुलेन्स गा बि स लाई दिएका छन्। यस महान कार्यको नेतृत्व बेलायत स्थित श्री राजन कुमार छेत्री ज्यु ले गर्नु भएको थियो भने सहयोगी अफगानिस्तानमा हुनु भएको श्री दिनेश कर्माचार्य, साउदी अरब म हुनु भएको श्री राजु शैएद को सम्योजक मा सबै गा बि स का दाजु भाइ तथा दिदी बहिनी हरुको माझमा यो प्रस्ताब पुराइ सबैको मन जितेर यस महान कार्यमा हाते मालो गरी अघी बदने निधो भयो सोही अनुरुप बिभिन्न देशमा यस कार्यको लागी उप समिती बनाएर आर्थीक सकलन गरिएको थियो्।
आज को मितिमा एम्बुलेन्स गा बि स लाई हस्तान्तरन गरियो । नेपालको इतिहासमा यो नै पहिलो हो कि सिङो गा बि स लाई बिदेशमा बस्नेहरु मिलेर एम्बुलेन्स प्रदान गरेको छ्। हाम्रो नारा छ समयमा उपाचार सबैको बाच्ने अधिकार् कती स साना कुरा हरु लाई सरकार को मुख मात्र ताकेर हुँदैन हामी बाट हुन सक्ने कुरा हामी ले नै गर्नु पर्दछ जुन देश मा जन्मेर केहि गर्नु सकिदैन भने जननी जन्म भुमिस्च्य स्वर्गदपी गरियसिू भन्नु को के नै औचित्य रह्यो र हामी जहाँ भए पनि आफ्नो जन्म थलो लाई केहि गरौ तपाईं हामी ले नै हो गर्ने अरु कसैले पनि गरी दिने वला छैनन्र अन्तमा सम्पूर्ण सहयोगी हातहरु लाई धन्यबाद हाम्रो बैंक खाता खुला छ जती समय पनि सहयोगी मन भएका दाता हरु लाई स्वागत गर्न चाहन्छौ्
No comments:
Post a Comment