सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, January 23, 2012

गाउँलेको प्रतिकारमा डाँकाको मृत्यु

९ माघ, बर्दिवास ।
 गएराति गाउँलेको प्रतिकारमा डाँकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । स्थानीय महदैया तपनपुर- ५ स्थित राध्यान यादव र दिनेश यादवको घरमा डकैती गर्न गएकामध्ये करिब २५ वर्षीय नाम नखुलेका एक डाकाको गाउँलेको प्रतिकारमा मृत्यु भएको हो ।
घटनामा धनुषा देवडिया- ४ का ४५ वर्षीय रामएकवाल पासवान र ४० वषर्ीय जयप्रकाश पासवान गम्भीर घाइते भएका छन् । उनीहरूको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।
करिब १५ जना डाँकाले स्थानीय धरोहीदेवी यादवलाई भाला प्रहार गरी घाइते तुल्याउनाका साथै करिब रु पाँच लाख बराबरको धनमाल लुटेर लगेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment