सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, January 23, 2012

म अहिले पनि राष्ट्रपति भन्दा पनि कम छैनः प्रचण्ड


९ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने आकांक्षा नरहेको बताउनु भएको छ ।
सोमबार राजधानीमा कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले आफू राष्ट्रपति हुने र तानाशाह बन्छ भनेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई अस्वीकार गरिएको बताउनु भयो । ‘म प्रचण्ड हुनुको नाताले मलाईलाई राष्ट्रपति हुनुपर्छ भन्ने आकांक्षा पनि छैन । नेपाली जेनताको सेवा गर्ने र माया नै ठूलो कुरा हो’ उहाँले भन्नुभयो-’संविधानसभाभन्दा पहिले नै म राष्ट्रपति भन्दा बढी ठूलो भइसकेको छु, किनभने नेपाली जनताले मलाई त्यो माया दिइसकेको छ । अहिले पनि म प्रधानमन्त्री पनि छैन केही पनि छैन तर, म राष्ट्रपति भन्दा पनि कम छु भन्ने मलाई लागेको छैन ।’ उहाँले आउने निर्वाचनमा आफू उठ्न पनि सक्ने र नउठ्न पनि सक्ने समेत बताउनु भयो ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानासाथ माओवादीले नै जित्छ भन्ने नरहेको भन्दै उहाँले भन्नुभयो-’माओवादीका विरुद्ध घरारबन्दी गर्ने तिर नै पुराना पार्टीहरु । जसले विगतमा राजाको गुलामी गर्नमा कुनै कसर बाँकी राखेनन् ।’ शासकीय स्वरुपबारे मिडियामा भइरहेको छलफल बाजारु भएको भन्दै उहाँले भन्नुभयो-’यो विषयको गहिराईतिर भन्दा कतातिर जान थाल्यो भने यो शासकीय स्वरुप भयो भने अधिनायक जन्मिन्छ, अझ त्यसमा पनि ताकेर हुँदै जाँदा तल ओराल्दै आराल्दै प्रचण्डमा लगेर केन्द्रीत गर्ने बडो तुच्छता प्रर्दशन भएको छ यो दुःखद छ ।’

कार्यकारी राष्ट्रपति हुँदैमा कम्युनिष्ट सत्ता नआउने भन्दै उहाँले भन्नुभयो-’राष्ट्रपति भएपनि प्रधानमन्त्री भएपनि हुने भनेको पुँजीबादी लोकतन्त्रभित्रै हो । तर,रुपमा जो फरक छ, रुपभित्रको फरक हाम्रा लागी अर्थपूर्ण छ ।’ प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनु पर्छ भन्नेको अर्थ गम्भीर रहेको भन्दै उहाँले भन्नुभयो-’यो अग्रेजसँग सुगौलीमा जुन सन्धि भयो । जुन विन्दुदेखि नेपाल स्वतन्त्र ढंगले आफ्नो बारेमा फैसला गर्ने अधिकारबाट बन्चित भयो । इतिहासको त्यो नकारात्मक विरासतलाई सच्याउने एउटा ऐतिहासिक पहल कदमी हुने बाला छ ।’
कार्यकारी प्रधानमन्त्री कि राष्ट्रपति भन्ने प्रश्न नेपालको सार्वभौमसत्ता, अखण्डता र नेपालीहरुको आत्मानिर्णयको अधिकारसँग सम्वन्धित रहेको भन्दै उहाँले भन्नुभयो-’हामी नेपालीको भाग्य र भविश्यसँग जीवन मरनको प्रश्न जस्तै भएर उभिएको छ ।’ जनताद्धारा पत्यक्ष निर्वाचित भएर आउनु जस्तो लोकतान्त्रिक अरु हुन नसक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो-’सम्पूर्ण जनता मिलेर निर्वाचित गरेको प्रतिनिधि चाँही तानाशाह हुन्छ रे, अनि अरु चाँही हुदैन भन्ने तर्फ कहि लोकतन्त्रको आधारभुत सिद्धान्तसँग नै मेल खाँदैन ।’शासयकीय स्वरुपबारे भएको सहमतिबाट कांग्रेस पछि हटेकै कारण समस्यम उत्पन्न भएको उहाँको भनाई छ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई मूख्य कार्यकारी अधिकार दिने र प्रधानमन्त्री पनि राख्ने प्रस्तावमा सहमति जुट्दै गरेको बेला कांग्रेस पछि हेटेको भन्दै उहाँले भन्नुभयो-’कांग्रेस पछि हटेपछि स्थिति धेरै गम्भीर भएको छ ।’शासकीय स्वरुपबारेको वहस यथास्थितिमा रहने कि परिर्वतनतर्फ जाने भन्ने भएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले सबै परिर्वतन पक्षधरहरु अब आक्रामक रुपमा अघि आउनु पर्ने बताउनु भयो । उहाँले भन्नभुयो-’अब रक्षात्मक बहसले परिर्वतन सम्बभ हुने देखिँदैन । अलिकत आक्रामक ढंगले आउनु पर्छ ।’

No comments:

Post a Comment