सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, January 23, 2012

माओवादीलाई अन्तराष्ट्रिय दबाव आवश्यकः कोइराला


९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले शान्ति प्रक्रिया अघि बढाउन माओवादीलाई अन्तराष्ट्रिय समुदायले दबाब दिनुपर्ने बताउनुभएको छ ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँगको अन्तरवार्तामा सभापति कोइरालाले भन्नुभएको छ-’हामीले माओवादीलाई सहमतिमा ल्याउन हरसम्भव प्रयास गरिरहेका छौं । तर, उनीहरुलाई शान्ति प्रक्रियाको विषयमा विगतमा गरेका सहमति कार्यान्वयनका लागि अन्तराष्ट्रिय समुदायको दबाब आवश्यक भएको छ ।’ कोइरालाले कस्तो प्रकारको अन्तराष्ट्रिय दबाब भन्नेबारे भने खुलाउनुभएको छैन ।
अरु पार्टीलाई राष्ट्रपतीय प्रणालीमा सहमत गराउन माओवादीले शान्ति प्रक्रियालाई बन्धक बनाएको कोइरालाको आरोप छ । कांग्रेस संसदबाट चुनिने प्रधानमन्त्रीको अडानबाट पछि नहट्ने बताउँदै कोइरालाले भन्नु भएको छ-’हामीले प्रजातन्त्रको यो आधारभुत सिद्धान्तमा कुनै सम्झौता गर्दैनौँ ।’
कांग्रेस सभापति कोइरालाले माओवादीले विगतका सहमति विपरित धम्कीको प्रयोग गरिरहेको भन्दै युद्धमा जान चुनौति दिनुभयो । ‘उनीहरुले विगतका सहमति विपरित धम्कीको प्रयोग गरिरहेका छन्, तर मलाई लाग्दैन की उनीहरु फेरि पनि हिंसामा फर्किन्छन्’ कोइरालाले भन्नुभयो-’यदि उनीहरुलाई अर्को युद्ध गर्ने रहर छ भने उनीहरुलाई कसले रोकेको छ र ?’
कांग्रेस सभापति कोइरालाले शान्ति प्रक्रिया पूरा नहुँदै अहिलेको सरकारमा सहभागि हुने सम्भावना भने नरहेको बताउनुभयो ।

No comments:

Post a Comment