सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, January 5, 2012

बाबुरामले बैद्यलाई भने-’फुटको हल्लालाई गतल सावित गरौं’

२१ पुस, काठमाण्डौ ।
 केन्द्रीय समिति वैठकमा शान्ति र संबिधान कि बिद्रोह भन्ने बिषयमा दुई पक्षवीच चर्को बहस भइरहेका बेला माओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराई र बिद्रोहको वकालत गरिरहेका उपाध्यक्ष मोहन वैद्यबीच भेटावार्ता भएको छ ।
वैद्य निवास गोंगवुमा बिहीबार भएको भेटवार्तामा प्रधानमन्त्री भट्टराईले जारी केन्द्रीय समितिमार्फत पार्टी फुटको हल्लालाई गलत सावित गर्नेगरि मिलेर सहमतिमा आउन आग्रह गर्नुभएको थियो ।
‘अहिले पार्टी फुट्की भन्ने हल्लाले पार्टी कार्यकर्ता र आम जनतामा निराशा छाएको छ’- भट्टराईको भनाई उदृत गर्दै उहाँका निजी सचिव बिश्वदीप पाण्डेले भन्नुभयो-’मिल्ने कुराजति मिलाउँ, नमिलेका कुरा खुला बहस गर्दै महाधिवेशनसम्म जाउँ, पार्टी फुट्ने हल्लालाई गलत सावित गरौं ।’
जवाफमा वैद्यले पार्टी नीतिगत र पार्टी संचालन बिधिका बिषयमा धेरै मतभेद रहेकाले पर्याप्त छलफल गनुपर्ने बताउनुभएको थियो । जारी केन्द्रीय समिति वैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्य किरणले पेश गरेको प्रतिबेदनलाई मिलाएर लैजान केन्द्रीय सदस्यहरुवाट दबाव परिरहेको अबस्थामा दुई नेताको भेट भएको हो ।
यसअघि प्रचण्डले पनि बैद्यसँग छुट्टै छलफल गर्नु भएको छ । श्रोतका अनुसार माओवादी शीर्ष नेताहरु कार्यक्रममा एकरुपता कायम गर्ने र फरक मतलाई तल्लो तहसम्म बहसमा लैजाने गरी सहमति गर्ने प्रयासमा जुटेका छन् ।

No comments:

Post a Comment