सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, January 5, 2012

मलेसियाका श्रमिकहरु भन्दैछन- ‘नेता हो, हेर हाम्रो हालत ! (फोटो फिचरसहित)”

मलेसियाको कामिन्तुङ क्षेत्रमा रहेको लेटेक्स ग्लोब कम्पनीको एउटा होष्टल । झट्ट हेर्दा भूकम्प र बाढिपिडीतको शिविरजस्तो लाग्ने टिनले छाएका छप्पडमा यत्रतत्र छरिएका छन खाट, खाना पकाउने ग्यास, दैनिक प्रयोग गर्ने सामाग्रीहरु अनि त्यहीं कतै देखिन्छन कम्पनीले उत्पादन गरेका सामाग्रीको भण्डार ।
करिव सात सय नेपालीहरु सुत्ने यो कम्पनीको होष्टल हो । बाँकी करिव एक सय नेपालीलाई अर्को यस्तै छप्पडमा राखिएको छ । ‘होस्टल’मा जम्मा ६ वटा पानीको धारा भएपनि शुद्ध खानेपानिको व्यवस्था छैन् । आठ वटा ट्वाईलेटमध्ये कोही पनि छिर्न लायक छैनन् । वत्तिमा खाना पकाउन लागि रातिमै उठ्नुपर्दछ ।
बस्ने होष्टलको ब्यबस्था भएको भनिएको कम्पनीमा करिव आठ सय नेपालीहरु केही बर्षदेखि यसरी नै गुजारा गरिरहेका छन् । त्यसमाथि उपचारको अभाव, तोकिएको भन्दा दैनिक तीन रिंगेट कममा काम गर्नुका पिडा त छँदैछन् । पटकपटक ध्यानाकर्षण गराउँदा पनि कम्पनी प्रशासनले कुनै चासो नदेखाएपछि नेपाली कामदारहरु अन्तिम उपाय प्रयोग गर्न बाध्य भए । कामदारले काम रोकेर सौम्य तरिकाले धर्नामा वसे । दूतावास गुहारे र वार्तामा बसे ।
बल्ल कम्पनी नेपालीहरुको नारकीय होष्टल जीवनलाई सुधार गर्न सुबिधा दिन तयार भयो । तीन दिनसम्म काम रोकेपछि दूतावास प्रतिनिधिको बिचमा भएको वार्तामा ६ महिनाभित्र नयाँ होष्टल बनाएर सार्न सहमत भयो भने तत्कालै न्यूनतम पारिश्रमिक पाउने सहमति भयो । अब नेपाली श्रमिकहरुले प्रतिदिन २२ रिंगेट तलब पाउनेछन् ।
नेपालमा रोजगारी नपाएर बिदेशमा यसरी बिस्थापितको जस्तो जिन्दगी बिताउन बाध्य मजदुरले भने-हाम्रा नेताहरुलाई हाम्रो यो अबस्था देखाइदिनुहोला ।’ बिदेशमा आफ्ना नागरिकले पाएको यो दुःखबारे कुर्सीको झगडामा ब्यस्त नेताहरुलाई जानकारी होला ? फोटो खिचेर नेपाल राज्यलाई देखाईदिन नेपाली श्रमिकहरुले हामिलाई निकै अनुरोध गरेका थिए । के तस्विर हेरेपछि यस्ता कम्पनीमा नेपाली मेनपावरहरुले नेपाली श्रमिकहरु पठाउन रोक्लान ? के राज्यको ध्यान जाला ? हेर्न वाँकी नै छ ।

आन्दोलनरत श्रमिकहरु ।
आन्दोलनरत श्रमिकहरु आफ्नो अवस्थाका वारेमा पत्रकारलाई जानकारी गराउँदै ।
आन्दोलनरत श्रमिकहरु आफ्नो एग्रीमेन्ट लेटर हेर्दै ।
दूतावासका प्रतिनिधि कृष्ण विष्ट कागजात हेर्दै ।

होस्टेलको अवस्था ।
वढी भएको खाना फालेको स्थान जुन स्थान होस्टेल भित्रको हो ।
कम्पनीको एक छेउ ।

No comments:

Post a Comment