सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, January 5, 2012

ब्लु फिल्म बेच्नेलाई १० वर्ष जेल


पोनोग्राफीमा लगाम लगाउनका लागि बंगलादेश सरकारले कडा कानुन ल्याउने भएको छ । अश्लील गतिविधिबाट महिलालाई जोगाउन भन्दै सरकारले कडा कानुन ल्याउन लागेको हो । कानुन बनेपछि अश्लील फिल्म बनाउने र बेच्नेलाई १० वर्षसम्मको जेल सजाय हुनेछ ।
सरकारले तयार गर्न लागेको पोनोग्राफी नियन्त्रण विधयेक केही महिनामै संसदमा पेश गरिने र संसदले पारित गरेपछि त्यसले कानुनको रुप लिने बंगलादेश सरकारले जनाएको छ । पोनोग्राफी इन्टरनेट र मोबाइल फोनको माध्यमबाट ठूलो रोगको रुपमा फैलिरहेको सरकारको ठम्याइ छ ।
सरकारले अश्लील गतिविधिमा रोक लगाउन ल्याउन लागेको कानुनमा यस्ता मामिलाको सुनुवाइका लागि विशेष अदालत स्थापना गर्ने व्यवस्था समेत हुनेछ ।

No comments:

Post a Comment