सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, January 3, 2012

शान्ति र संविधान निर्माण नगरी मैदान छाडेर भाग्दिनः प्रधानमन्त्री

१९ पुस, विराटनगर ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कसैले भन्दैमा राजीनामा नदिने बताउनु भएको छ । विराटनगरमा उद्योगी व्यावसायीले आयोजना गरेको कार्यक्रममा प्रधामन्त्री भट्राईले भन्नुभयो-’शान्ति र संविधान पूरा नभएसम्म वर्तमान सरकार मैदान छाडेर भाग्दैन ।’
शान्ति र संविधान निर्माणको कार्यभार पूरा गर्न नै बर्तमान सरकार बनेको भन्दै उहाँले कसैले भन्दैमा राजीनामा नदिने बताउनु भयो । उहाँले अहिलेसम्मको सरकार मध्ये सवै भन्दा बढि उपलव्धी आफ्नो नेतृत्वको सरकारले हासिल गरेको भन्दै गदै सरकार ढल्ने हल्ला उडन्ते भएको बताउनु भयो ।
उहाँले सरकारका काम कारवाहीलाई मनोवैज्ञानिक हिसावले त्रसित पार्नका लागि सरकार ढल्ने हल्ला चलाईएको बताउनु भयो ।
कसैको दबामा नपरी काम गन निर्देशन
प्रधानमन्त्री भट्टराईले कसैको दबाबमा नपरी जनताको सेवा गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । निजामती, सुरक्षा निकाय, संस्थान तथा समितिका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले यस्तो निर्देशन दिनु भएको हो । उहाँले वर्तमान बदलिँदो परिस्थितिमा कसैसँग गलत सम्झौता नगरी कर्मचारीले सेवाप्रवाहलाई निर्धक्क भएर गर्नुपर्ने बताउनुभयो ।
वर्तमान सरकारले शान्तिप्रक्रिया र संविधान निर्माण तथा आर्थिक एजेन्डालाई महत्वका साथ स्थान दिएको उल्लेख गर्दै प्रधानमन्त्री भट्टराईले कर्मचारीले आर्थिक रूपमा पीडित पिछडिएका वर्ग र क्षेत्रलाई राज्यमा पहुँच हुने किसिमले सेवाप्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वाञ्चलका क्षेत्रीय, अञ्चल र जिल्लाका कर्मचारीहरुको उपस्थिति रहेको सो कार्यक्रममा जनताको सेवा गर्ने माध्यमहरुलाई एकीकृत ढङ्गले आर्थिक तथा सामाजिक रूपान्तरणका साथ कर्मचारीले कार्य गर्नुपर्ने र प्रशासन परम्परागत कार्यहरुलाई त्याग्नुपर्ने र केन्द्रीकृत मानसिकताबाट अलग भई काम गर्न आग्रहसमेत गर्नुभयो ।

No comments:

Post a Comment