सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, January 22, 2012

पूर्वमन्त्री गुप्तालाई थप १० दिन थुन्न अनुमति

८ माघ, काठमाडौं ।
 जिल्ला अदालत काठमाडौंले व्यापारी पवन संघाइको अपहरणको योजनाकार भएको आरोपमा पक्राउ गरेका पूर्वमन्त्री एवं सभासद श्यामसन्दुर गुप्तालाई थप १० दिन थुनमा राख्न अनुमति दिएको छ ।
यसअघि दिइएको चार दिनमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले आइतबार म्याद थपका लागि गुप्तालाई अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानपछि प्रहरीले अब मुद्धा दायर गर्नुछ ।
संघाइको अपहरणको योजनाकार भएको आरोपमा प्रहरीले गत माघ २ गते भैरहवाको सिद्धार्थ नगरपालिका ५ बैंक रोडस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो । संघाई ८५ लाखभन्दा बढी फिरौती दिएका रिहा भएका थिए ।

No comments:

Post a Comment