सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, January 22, 2012

७ दिनभित्र उपस्थित हुन वनमन्त्रीलाई सर्वोच्चको आदेश


८ माघ, काठमाडौं । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्धामा वनमन्त्री मुहम्मद वकिल मुसलमानलाई सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।
सर्वोच्चको आदेश अवहेलना गर्दै दोस्रो पटक हटाइएको भन्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव जुद्धबहादुर गुरुङले दायर गरेको रिटमा न्यायाधीश प्रकाशचन्द्र वस्तीको इजलासले अपहेलना मुद्धाचमा किन कारवाही नगर्ने भनी लिखित जवाफसहित बारिस -अरुले बोल्न पाउने साक्षी) समेत राख्न नपाउने गरी सातदिन अदालतमा उपस्थित हुन आदेश दिएको हो । रिटमा मन्त्री मुसलमानलाई १ वर्ष कैद र १० हजार जरिवानाको माग गरिएको छ ।
सर्वोच्चले मंसिर १४ गते अर्को फैसला नभएसम्म पहिलेकै पदमा काम गर्न/गराउन आदेश दिएपनि मन्त्री मुसलमानले गुरुङलाई माघ २ गते पदमुक्तको पत्र थमाउनु भएको थियो । त्यसपछि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । तर, गुरुङले कोषमा हारिज गर्न पाएका छैनन् ।

आर्थिक हिनामिना गरेको, राजनीतिक दलको भ्रातृ संगठनलाई पैसा बाँडेको, प्रतिस्पर्धा विना नै कर्मचारी भर्ती गरेको लगायतका आरोप लगाउँदै वनमन्त्री मुसलमानले सदस्य सचिव गुरुङलाई पदमुक्त गर्दै कोषमै कार्यरत डा. सिदार्थबज्र बज्राचार्यलाई नियुक्त गर्नु भएको थियो । गुरुङ तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा एमालेका वनमन्त्री किरण्म गुरुङको पालामा सदस्य सचिवमा नियुक्त हुनु भएको थियो ।

No comments:

Post a Comment