सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, January 25, 2012

बाबुराम इतिहासमै कमजोर प्रधानमन्त्रीः कटबाल


११ माघ, काठमाडौं । पूर्व प्रधानसेनापति रुक्मागत कटवालले नेपालको डा. बाबुराम भट्टराई इतिहासमै कमजोर प्रधानमन्त्री भएको टिप्पणी गर्नु भएको छ ।
पोखरा विमानस्थलमा पत्रकारसँग कुरागर्दै पूर्व प्रधानसेनापति कटवालले राष्ट्रियताको विषयमा प्रधानमन्त्री डा. भट्टराई अहिलेसम्मका प्रधानमन्त्री मध्ये सबैभन्दा कमजोर देखिएको बताउनु भयो ।
दुई छिमेकी भारत र चीनको सम्वन्ध वलियो बनाएर नेपालले फाइदा लिनु पर्ने प्रधानमन्त्री भट्टराईको भनाई राष्ट्रियताको विषयमा कमजोर भएको उहाँको भनाई छ । प्रधानमन्त्री भट्टराईले नेपाल चीन र भारतको पुल बन्नु पर्ने बताउँदै आयनु भएको छ ।
पूर्वप्रधानसेनापति कटबालले सेना कसैको पेवा नभएको भन्दै लडाकूले माग्दैमा जर्नेल कर्नेलको पद दिन नसकिने बताउनु भयो । उहाँले भन्नुभयो-’ सेना कसैको पेवा र दाइजो होइन, लडाकूले माग्दैमा जर्नेल कर्नेलको पद दिन सक्ने व्यवस्था छैन ।’
कटवालले तत्कालिन राज्यपक्षबाट पीडित भएकालाई मात्रै राहत वितरण गरिएको तर माओवादी पक्षबाट पीडित भएकाले राहत नपाएको भन्दै असन्तुष्टि समेत जनाउनु भयो । बास्तविक द्धन्द्ध पीडितले अझै राहत नपाएको उहाँको भनाई छ ।

No comments:

Post a Comment