सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, January 25, 2012

माओवादी र मधेसी मोर्चाको बैठक बस्दै

११ माघ, काठमाडौं ।
 सत्तारुढ एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराहृन साढे ४ बजेपछि बस्ने बैठकमा द्वन्द्वकालमा माओवादी जनसत्ताले गरेका जग्गासम्बन्धि कामलाई मान्यता दिने सरकारी निर्णयपछि उत्पन्न विवाद समाधानबारे छलफल हुनेछ ।
मधेसी मोर्चाका नेताहरुले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विपक्षी दलहरुले जस्तै निर्णय खारेजको माग गर्दै आएका छन् । विपक्षी दलहरुले जनसत्ताको कामलाई मान्यता दिने निर्णय खारेजको माग गर्दै संसद अबरुद्ध पार्दै आएका छन् । सरकार र माओवादीले भने सर्वोच्च अदालतको आदेश अनुसार निणृय स्थगित गरिएको भन्दै संसद सुचारु गर्न विपक्षी दललाई आग्रह गर्दै आएको छ ।
बैठकमा सरकार गठनका क्रममा भएको चारबुँदे सहमति कार्यान्वयनबारे पनि छलफल हुनेछ । मोर्चाका नेताहरुले सहमति कार्यान्वयन नभएको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

No comments:

Post a Comment