सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, January 25, 2012

जापानमा छिटै अर्को महाभुकम्प जाने

१० माघ काठमाण्डौ । पछिल्लो अनुसन्धानले जापानको दक्षिणी क्षेत्रमा निकट भविष्यमै ठूलो भुइँचालो जानसक्ने देखाएको छ । टोकियो विश्वविद्यालयको भुकम्प अनुसन्धान इन्स्टिच्युटका अनुसन्धानकर्ताहरुले गरेको अध्ययनले राजधानी टोकियो सहित दक्षिणी कान्तो क्षेत्रमा आउँदो ४ वर्षभित्रमा महाभुकम्प जाने सम्भावना ७० प्रतिशत रहेको देखिएको हो ।
अनुसन्धानमा संलग्न प्राध्यापक नाओशी हिराताले अघिल्लो वर्षको मार्चमा टोहोकु क्षेत्रमा केन्द्रविन्दु बनाएर ९ रेक्टर स्केलको विनाशकारी भुइँचालोका कारण पनि दक्षिणी क्षेत्रमा शक्तिशाली भुइँचालोको सम्भावना पुष्टि भएको बताउनुभयो । पोहोर सालको महाभुकम्प र सुनामीका कारण जापानमा १५ हजार भन्दा बढिको ज्यान गएको थियो ।

उक्त विनाशकारी भुइँचालोपछि कान्तो क्षेत्रमा स-साना भुइँचालोका धक्काहरु अत्यधिक महसुस गरिएको छ । सन् २०११ को मार्चयता कान्तो क्षेत्रमा साना भुइँचालोका धक्काहरुको संख्या अघिल्लो वर्षहरुको भन्दा ५ गुणा बढि रहेको उहाँले बताउनुभयो ।
जापान सरकारको भुकम्प अनुसन्धान प्रवर्धन केन्द्रले पनि जापानको दक्षिणी क्षेत्रमा निकट भविष्यमा ७ रेक्टर भन्दा ठूलो स्केलको भुइँचालो जाने सम्भावना रहेको बताएको थियो ।

No comments:

Post a Comment