सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, January 25, 2012

विद्यार्थीद्वारा मूल्यवृद्धि फिर्ताको माग गर्दै उपत्यका बन्द(फोटो फिचरसहित)

११ माघ, काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा चरणवद्ध आन्दोलनमा उत्रिएका १३ विद्यार्थी संगठनले पूर्वघोषित संघर्षका कार्यक्रमअनुसार आज उपत्यका बन्दको आहृवान गरेका छन् ।
सरकारले मूल्य समायेाजनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा मंगलबार समिति गठन गरे पनि विद्यार्थीले त्यसलाई अस्वीकार गर्दै मूल्यवृद्धि फिर्ताको माग कायमै राखेर बन्द आहृवान गरेका हुन् । बन्दका कारण उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । उपत्काबाट बाहिरिने तथा भित्रिने कुनै पनि यातायातका साधन चलेका छैनन् भने बजार-पसल र शिक्षणसंस्था ठप्प छन् ।
बन्दकर्ताले विभिन्न क्याम्पस अगाडि टायर बालेर सडक अवरुद्ध गरेका छन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, बारुण यन्त्र, प्रेस, विवाह तथा दूध ढुवानीका सवारी साधन सञ्चालनमा भने अवरोध नपुर्‍याइने बन्दकर्ताले जनाएका छन् । सरकारले सुरक्षालाई मध्यनजर गर्दै राजधानीका सडक, कूटनीतिक नियोग तथा उच्चपदस्थ सरकारी अधिकारीहरुका निवास अगाडि बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । विद्यार्थी संगठनहरुले आजको बन्दपछि पनि सरकार पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी निर्णयबाट पछि नहटे थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी छन् ।

सरकारको निर्देशनमा नेपाल आयल निगमले गत बुधबार खाना पकाउने एलपी ग्याँसमा प्रति शिलिण्डर १ सय ७५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर १० तथा मट्टतिेल र डिजेलमा प्रतिलिटर ९/९ रुपैयाँका मूल्यवृद्धि गरेको थियो ।
उता मूल्यवृद्धि फिर्ताको माग गर्दै विद्यार्थीले डोटी, अर्घाखाँची, सुर्खेत, पर्वत, दाङ र सिन्धुलीलगायतका जिल्लामा बन्द आहृवान गरेका छन् । बन्दका कारण बिहानैदेखि ती जिल्लामा यातायात, शिक्षणसंस्था र बजार तथा पसल बन्द छन् । यसैबीच बन्दकर्ताले सिन्धुलीको धुराबजारमा बन्द अवज्ञा गरेको भन्दै एउटा यात्रुबसमा तोडफोड गरेका छन् । विद्यार्थीले बन्द अवज्ञा गरेकेा आरोपमा ना.४ ख २४२६ नम्बरको बसमा तोडफोड गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment