सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, January 22, 2012

मन्त्री उपस्थित नहुँदा संसद बैठक स्थगित


८ माघ, काठमाडौं । एक जना पनि मन्त्री उपस्थित नभएपछि आइतबारको संसद बैठक झण्डै एक घण्टा स्थगित भएको छ । संसदको बैठक सुरु हुँदै एक जना पनि मन्त्री उपस्थित नभएपछि विपक्षी दलका सभासदहरुले आपत्ति जनाएका थिए ।
त्यसपछि सभामुख सवासचन्द्र नेम्वाङले संसदको बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो । संसदको बैठकमा सरकारका प्रतिनिधिका रुपमा मन्त्री उपस्थित हुने प्रचलन रहेको छ ।
सरकारका मन्त्री उपस्थित भएपछि सुरु भएको बैठक विपक्षी दलहरुले अवरुद्ध पारेका छन् । जनसत्ताले गरेका जग्गासम्वन्धि कामलाई मान्यता दिने निर्णय खारेजको माग गर्दै कांग्रेस एमाले लगायतका विपक्षी दलले संसद बैठक अरुवद्ध पाएका हुन् ।
सरकारले तत्काल निर्णय कार्यान्वयन नगर्ने बताएपनि विपक्षी दलहरुले निर्णय खारेज गर्नु पर्ने विपक्षीको अडान छ । विपक्षीहरुले यसअघिका दुई बटा बैठक अवरुद्ध पारेका थिए ।

No comments:

Post a Comment