सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, January 23, 2012

२ क्विन्टलकी महिला पहलमान (फोटो फिचरसहित)

शरान अलेक्जेन्डर बेलायतकी एकमात्र अन्तराष्ट्रिय सुमो रेसलर हुन् । अर्थात् बेलायतको महिला सुमो टोली भन्नु नै शरान हो । २ सय ३ किलोग्राम तौल भएकी ३ सन्तानकी आमा शरानले अहिले सम्म सुमो रेसलिङका अन्तराष्ट्रिय प्रतियोगितामा ४ वटा स्वर्णपदक जितिसकेकी छिन् । ६ फिट अग्ली यी पहलमानको यस्तो भिमकाय जिउ र प्रतिस्पर्धीलाई पछार्ने तागत त्यसै आएको होइन । उनले सामान्य महिलाले भन्दा झण्डै तेब्बर बढि खान्छिन् वा उनले दिनको ५ हजार क्यालोरी खाना खाने गरेकी छिन् ।
४६ वर्षकी यी पहलमानले ६ वर्षअघि सुमो खेल सुरु गरेकी थिइन् । पहिले आफ्नो भद्धा सरीरका कारण दिक्क मान्ने गरेकी शरानले सुमो खेलमा सफलता प्राप्त गर्न थालेपछि आफ्नो जिउलाई निकै माया गर्ने गरेकी छिन् ।
आफ्नो ठूलो जिउका कारण उनलाई आफु महिला हुँ भन्नेजस्तै लाग्दैन रे । महिला पुरुषभन्दा कमजोर हुन्छन् भन्ने आम धारणाको विपरित आफ्नो अगाडि सबै पुरुषहरु फुच्चे र कमजोर देख्ने शरानलाई ठूलो जिउ भएका महिलालाई मन पराउने पुरुषहरु देख्दा निकै खुसी लाग्छ । बेलायतमा शरान एक्लो महिला सुमो खेलाडि हुन् त्यसैले उनलाई तालिम दिने कोही छैन । त्यसैले यहीँ महिला उनी तालिमका लागि जापान जाँदैछिन् ।

No comments:

Post a Comment