भनिन्छ प्रेमलाई उमेरले छेक्दैन । तन बुढो भएपनि मन बुढो हुँदैन, त्यसैले मन मिल्यो भने विवाह गर्न पनि उमेर बाधक बन्दैन । यो कुरा प्रमाणित गरिदिएकी छिन् बेलायतकी एक महिलाले ।

३३ वर्ष पहिला यी दुइबीच पहिलोपटक एक वृद्धहरुको क्लबमा भेट भएपछि माया अंकुराएको थियो । उनीहरु त्यसपछि तीन दशकभन्दा बढि समय एक अर्कालाई मन पराइरहे तर उमेर निकै घर्केकाले विवाह गर्ने कुरा सोँच्न सकेनन् । तर झण्डै डेढ महिना पहिले वेरालाई के जंग चलेछ कुन्नी रोबर्टसामु विवाहको प्रस्ताव गरिन् । बुढ्यौलीमा जिवनसाथी पाउने भएपछि रोबर्ट पनि मख्ख परे र विवाहको प्रस्ताव स्विकार गरे ।
यहीँ नयाँ वर्षको दिन दुइ जनाबीच स्थानीय चर्चमा विवाह भयो । विवाह समारोहमा दुबैका साथी तथा इष्टमित्रहरु सहभागि थिए । चर्चका पादरीले उनको विवाह गराइदिए र आशिर्वाद पनि दिए ।
वेरा र रोबर्टले जिन्दगीमा पहिलो पटक विवाह गरेका हुन् वा यसअघि पनि कसैसँग विवाह गरेर छुटि्टएका थिए भन्ने बारेमा भने केही खुलाइएको छैन । तर जे होस् डाँडापारीको घाम भनेजस्तो उमेरमा झ्याइँ पार्ने यो जोडीलाई सुखद दाम्पत्य जिवनको कामना गर्नैपर्छ ।
No comments:
Post a Comment