हरेक कार्यालयमा काम गर्ने महिला कर्मचारीहरु पुरुषको तुलनामा निकै चिटिक्क परेर कार्यालय आउन रुचाउँछन् ।
एक अध्ययनलाई मान्ने हो भने महिलाहरु आफ्ना हाकिमहरुलाई खुसी पार्न नै उत्तेजक र हट ड्रेस लगाउने गर्छन् । यस्तो
कपडा लगाएर कार्यालय जाँदा हाकिमलाई प्रभावित पार्न सजिलो हुने उनीहरु बताउँछन् ।
सामान्य कपडामा नै जानुहुन्छ भने तपाईको कार्यालयको हाकिम भलाद्मी र चापलुसीमा विश्वास नगर्ने रहेछन् भन्ने बुझ्न सकिन्छ । बेलायतमा गरिएको अनलाइन अध्ययनमा सहभागी ७८ प्रतिशत महिलाले आफ्ना कार्यालयको दिनभर कस्तो रहन्छ भन्ने ड्रेसमा भर पर्ने बताएका छन् ।
२७ प्रतिशतले आफूहरु बोसलाई प्रभावित पार्न उत्तेजक र हट ड्रेस लगाएर आफ्नो शरीरको धेरै भाग देखाउने गरेको बगाएका छन् । ३ हजार महिला कर्मचारीबीच गरिएको अध्ययनमा २० मा १ मात्र महिला छोटो कपडा लगाएर कार्यालय नजाने गरेको पाइयो । जबकी ५४ प्रतिशत महिलाले भने राम्रो ड्रेसले अपिसमा राम्रो प्रभाव पार्न सकिने विश्वास गरेका छन् ।
No comments:
Post a Comment