सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, January 8, 2012

“विश्वको सबैभन्दा अग्लो पुलको उदघाटन

उत्तरी मेक्सिकोको पहाडी क्षेत्रमा बनेको विश्वको सबैभन्दा अग्लो पुलको उद्घाटन भएको छ । मेक्सिकोको निकै मुस्किलको बाटोमा बनेको बुलआर्ट पुल ४ सय ३ मिटर अर्थात १३२२ फुट अग्लो छ ।
यो पुलको अगाडी पेरिसको एन्फिल टावर समेत निकै छोटा देखिन्छ । स्पेनबाट मेक्सिकोको स्वतन्त्र भएको २ सय वर्षको अबसर पारेर आयोजित उद्घाटन कार्यक्रममा गिनिज बुक अफ दि बर्ड रेकर्डका अधिकारी समेत उपस्थित थिए ।
११२४ मिटर लामो पुल अहिले सर्बसाधारणको आवतजावतका लागि भने खुला गरिएको छैन । केही समय पछि सो पुल सर्बसाधारणका लागि खुला  हुने अनुमान गरिएको छ ।

No comments:

Post a Comment