२ माघ, काठमाडौं ।
प्रहरी जवानले आत्महत्या गरेको विषयमा भएको प्रदर्शनले उग्ररुप लिएपछि धादिङ सदरमुकाम तनावग्रस्त बनेको छ । धादिङको झार्लाङ घर भै सिन्धुपाल्चोकमा कार्यरत प्रहरी जवान दलबहादुर तामाङलाई शनिबार धादिङबेसीमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो ।
तामाङको आत्महत्या शंकास्पद भएको भन्दै आफन्त र अरु तामाङ समुदायले प्रदर्शन गरेपछि प्रहरीसित झडप भएको हो । उनीहरुले घटनाको छानवीन गर्न माग गर्दै शव बुझ्न पनि मानेका छैनन् । प्रर्दशनकारीले तोडफोड गर्न थालेपछि हस्तक्षेप गर्नुपरेको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनको कारण सोमबार दिनभर धादिङ सदरमुकाममा बजार र यातायात बन्द रहृयो ।
No comments:
Post a Comment