विवाहित पुरुष जो आफ्नी पत्नीको आँखा छलेर वा ढाँटेर अर्की महिलातर्फ लहसिन्छ र यौन सम्बन्ध राख्छन् उनीहरुले यो खबर पढ्नैपर्ने भएको छ । यस्ता व्यभिचारी लोग्नेको कर्तुत थाहा पाएमा श्रीमतीको मन त दुख्छ नै परस्त्री गमनले पुरुषलाई समेत गम्भिर शारीरिक समस्या उत्पन्न हुनसक्छ ।
एक नयाँ अध्ययन अनुसार जो विवाहित पुरुष श्रीमतीको अलवा अर्की कुनै महिलासँग शारीरिक सम्बन्ध राख्दछ उसको लिंग भाँचिन सक्छ । पेनिस ब्रोकेन भनिने यस्तो अवस्था तब उत्पन्न हुन्छ जब लिंगको मांसपेशी टुट्छ त्यसपछि लिंग सुन्निने र असह्य पीडा हुन्छ ।
अमेरिकाको मेरिल्याण्ड मेडिकल सेन्टर युनिभर्सिटीका युरोलोजिष्ट डाक्टर एन्ड्रयु क्रेमरले गरेको अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको हो । उनका अनुसार मानसिक तनाव, हतार तथा प्रतिकुल परिस्थितिमा सम्भोग गर्दा लिंग भाँचिन सक्छ ।
विवाहित पुरुष पनि दोश्री महिलासँग लुकिछिपी सम्भोग गरेको हुन्छ, उसको मनमा एक प्रकारको डर र तनाव हुन्छ भने यो जतिसक्दो छिटो यौनक्रिडा सक्ने ध्याउन्नमा हुन्छ । यस्तो अवस्थामा उसको लिंगको मांसपेशी क्षतिग्रस्त हुने गर्दछ जसलाई पेनिस ब्रोकेन वा लिंग भाँचिनु भनिन्छ ।
डाक्टर क्रेमरले २००४ देखि २०११ सम्ममा मेरील्याण्ड अस्पतालमा आएका लिंग भाँचिएका पुरुषहरुमा अध्ययन गरेर यो तथ्य निकालेका हुन् ।
उनले अध्ययनमा संलग्न गरेका पुरुषहरुमध्ये आधा भन्दा बढिले आफ्नो परस्त्रीसँग अवैध सम्बन्ध रहेको खुलासा गरेका थिए ।
अझ सम्भोगका बेला विभिन्न आसनहरुको प्रयोग गर्ने पुरुषहरुमा लिंगभंगताको समस्या बढि देखिएको छ ।
No comments:
Post a Comment