२ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीको वैद्य पक्षले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकारका लागि मार्गप्रसस्त गर्नुपर्ने अडान राखेको छ ।
सोमबार अध्यक्ष प्रचण्डको निवास नयाँबजारमा बसेको पदाधिकारी बैठकमा वैद्य पक्षीय नेताहरुले भट्टराईले राजीनामा दिनु नै उपयुक्त हुने अडान लिएका थिए । वैद्य पक्षको यस्तो अडान आएपछि बैठकले ‘सहमतीय सरकार गठनको पहल भट्टराईले नै गर्नुपर्ने’ मध्यमार्गी निर्णय गरेको छ ।
बैठकले शान्ति र संबिधानका लागि जनपरिचालनका निर्णयसमेत गरेको छ । जसअनुसार आउँदो माघ ५ देखि २० गतेसम्म देशव्यापी प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । लामो समयदेखि आन्तरिक विवादमा रुमल्लिएको माओवादीको आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले तत्कालको लागि विवाद साम्य पार्दै पार्टीको बहसलाई तल्लो निकायसम्म लैजाने निर्णय गरेको थियो । यसैगरि जनयुद्ध सुरु गरेको दिन फागुन १ गते देशका बिभिन्न ८ ठाउँमा जनसभा गर्ने निर्णय गरेको छ । जनसभामा केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने बताइएको छ ।
लामो समयदेखि आन्तरिक विवादमा रुमल्लिएको माओवादीको आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले तत्कालको लागि विवाद साम्य पार्दै पार्टीको बहसलाई तल्लो निकायसम्म लैजाने निर्णय गरेको थियो ।
No comments:
Post a Comment