२८ पुस, कास्की ।
नेपाली कांग्रेसका नेता गगन थापाले एकिकृत माओवादीले शान्ति र संविधानको नाममा ब्रम्हलुट मच्चाउन खोजेको आरोप लगाउनु भएको छ । एकिकृत माओवादीसँग पटक पटक सम्झौताहरु भएको स्मरण गर्दै नेता थापाले पछिल्लो प्रमुख दलहरुवचि भएको सात वुँदे सहमति माओवादीले कार्यानवयन नगरेकाले अव उसंग त्यस्ता खालका कुनै सम्झौता नहुने बरु आईपरे काँग्रेसले त्यसको डटेर सामना गर्ने वताउनु भयो ।
नेपाल प्रेस युनियन कास्कीले विहीवार बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सात वुँदे सहमतिलाई पूर्ण रुपमा पालना गरेर सहमतिका साथ अगाडी वढ्नुको बिकल्प नरहेपनि माओवादीले सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको आरोप लगाउनु भयो । उहाँले माओवादीकै उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा बाबुराम भट्टराई अहिलेसम्मकै ब्रम्हलुट मच्चाउने सरकारको नामले परिचित भएको जिकिर गर्नु भयो ।
थापाले आफ्नै पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गर्न नसकेर माओवादीले शान्ति र संविधान निर्माणको कामलाई रोक्न खोजेको आरोप लगाउनु भयो । शासकिय स्वरुपका वारेमा काग्रेस आफ्नो अडानवाट पछि नहट्ने थापाले स्पष्ट पार्नु भयो । थापाले कांग्रेसले संसदीय प्रणालीलाई स्वीकार गरेकोले जनताबाट प्रधानमन्त्री तथा संसदबाट राष्ट्रपति चयन हुने पक्षमा रहेको समेत स्पष्ट पार्नु भयो ।
No comments:
Post a Comment