२८ पुस, बुटवल ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले माओवादीलाई हतियारविहीन बनाएर मात्र संविधान जारी गर्नु पर्ने बताउनु भएको छ ।
बुटवलमा भएको एमालेको लुम्बिनी अञ्चलस्तरीय भेलामा नेता नेपालले माओवादीलाई हतियारविहीन नबनाई संविधान जारी गरे फेरि पनि चुनावमा हतियारसहित जानुपर्ने स्थिति आउन सक्ने बताउनु भयो । माओवादीलाई निःशस्त्र नबनाइकन सविधानसभाको निर्वाचनमा जानु गल्ती भएको उहाँको भनाई छ ।
माओवादीकै कारण शान्ति प्रक्रिया रोकिएको भन्दै नेता नेपालले माओवादीभित्रको उग्रपन्थी जडसूत्रवादले मुलुकलाई सङ्कटतर्फ धकेलेको जिकिर गर्नुभयो । सेना समायोजनको टुङ्गो लगाउने सहमति गर्ने तर व्यवहार उल्टो देखाउने गरेको भन्दै उहाँले भन्नुभयो-’राष्ट्रिय सरकार गठन गर्ने काममा समेत माओवादीले अवरोध पुर्याएको छ ।’ उहाँले मापदण्ड पुरा गरेका बाहेक अरु माओवादी लडाकूले नेपाली सेनामा प्रवेश नपाउने बताउनुभयो ।
एमालेका नेता प्रदीप ज्ञवालीले माओवादीले परिवर्तनका कुरा मात्रै गर्ने तर शान्तिका कुरा नगर्ने, काँग्रेसले शान्तिका कुरा मात्रै गर्ने तर परिवर्तनका कुरा नगर्ने गरेको भन्दै एमालेले शान्ति र परिवर्तनको मुद्दालाई एकसाथ अघि बढाएको बताउनुभयो ।
No comments:
Post a Comment