२८ पुस, उर्लाबारी ।
मोरङको राजघाटमा बिहान एक युवकले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ । राजघाट-३ का ३३ वर्षीय डम्बर लिम्बूले आफ्नी ३४ वर्षीया श्रीमती जसमायाको हत्या गरेको हो ।
घरायसी विवादका कारण डम्बरले घाँटीमा खुकुरी प्रहार गरेका कारण घटनास्थलमै श्रीमतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुनिल दाहालले बताउनुभयो । अभियुक्त डम्बरलाई प्रहरीले पक्राउ गरेको छ ।
No comments:
Post a Comment