सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, January 16, 2012

वर्तमान सरकारले संविधान जारी गर्न सक्दैन : यादब


२ माघ, वीरगन्ज । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याई सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गर्न गर्न नसक्ने वताउनु भएको छ ।
पर्साको अलौमा आयोजित पार्टीको पर्सा क्षेत्र नम्बर १ को क्षेत्रिय भेलालाई सम्वोधन गर्दै यादवले इतिहासकै जम्बो मन्त्रि मण्डल वनाएका डा. वावुराम भट्टराईले शान्ति र संविधानलाई दलहरुको सहमतिमा सहमतिमा टुङ्गाउन नसक्ने दावी गर्नु भयो । सरकार ७ बुँदे सहमतिसंगै कामचलाउ भइसकेकाले पनि नैतिकताका आधारमा राजिनामा दिई राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग गर्नु पर्ने वताउनु भयो ।

यादबले आदिवासी, मधेसी जनजातिलगायत विभेदमा परेका समुदायलाई राज्यको मूलधारमा ल्याई उनीहरुलाई समानता प्रदान गर्नेजस्ता महत्वपूर्ण चुनौती सामना गर्न राष्ट्रिय सरकार गठन गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख तीन ठूला राजनीतिक दलको गलत क्रियाकलापका कारण समयमा संविधान जारी हुनसक्नेमा शङ्का उब्जिएको वताउनु भयो । उहाँले समयमा संविधान जारी नभए दलित, आदिवासी, जनजाति र मधेसीलगायत विभेदमा परेका वा राज्यका मूलप्रवाहबाट पछाडि पारिएका समुदायलाई सबैभन्दा बढी घाटा हुने हुँदा यसतर्फ सचेत हुन सम्बन्धित सबैसँग आग्रह गर्नुभयो ।

No comments:

Post a Comment