२ माघ, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र वैद्य पक्षका स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द बिप्लवको सम्बन्धबारे माओवादीभित्र निकै चर्चा हुने गर्छ ।
कुनैवेला निकै बिश्वास गरेर राजनीतिको भर्याङमा फटाफट माथि तानेका प्रचण्ड पछिल्लो समयमा उनलाई आफ्नो टीममा राख्न सकेनन् । प्रचण्डले बिप्लवमा नेतृत्व क्षमता रहेको स्वीकार्दै पनि आएका छन् । पालुङटार वैठकमा त उनले मुखै खोलेर भने बिप्लवजीलाई टीममा नराखेर गल्ती गरियो । तर उनै प्रचण्डले सवैभन्दा बढि डर पनि बिप्लवसँगै मान्ने गरेको बताइन्छ । उता, बिप्लवपनि प्रचण्डपछिको माओवादी नेता आफु नै भएको ठान्छन् ।
पछिल्लोपटक बिप्लव र प्रचण्डवीच भएका वार्ताको बिबरण सोमबार प्रकाशित तरुण साप्ताहिकले छापेको छ । अध्यक्ष प्रचण्डले विप्लवसँगको भेटमा आफ्नो पक्षमा बिश्वासयोग्य नेता कोही नभएको गुनासो गरेका छन् । ‘मेरो समूहमा मेरो उत्तराधिकारी कोही भएनन, सवै लोभीपापीमात्र बसे, यसले मलाई निकै चिन्तित बनाइरहेको छ’ प्रचण्डले भने । आफ्नो समूहमा हरिवोल गजुरेलबाहेक कोही पनि निस्वार्थ सहयोग गर्ने नेता नभएको गुनासो गरे ।
स्रोतका अनुसार स्थायी समितिमा भएका बर्षमान पुनबाट आफुले आशा गरेको भएपनि अर्थमन्त्री भएपछि पुन पैसाका पछाडी दौडिन थालेको बताएका थिए । ‘बिचारमा भन्दा पनि अन्र्तरसंर्घषमा खेलेर उसले मबाट फाइदा लिइरहेको छ’ प्रचण्डले भनेका थिए- यसले मलाई बैचारिक सुझाव कहिल्यै दिएन, कहिले मतिर त कहिले बाबुरामतिर लागेर फाइदा उठाइरह्यो ।
जनार्दन शर्माप्रति आफुले आशा गरेको भएपनि पछिल्लो समयमा मन्त्री नबनाएको र सेना समायोजन बिशेष समिति सदस्यबाट पनि हटाएको भन्दै आफुसँग रिसाएको उनले बताए । ‘बर्षमानलाई अर्थमन्त्री र बिशेष समिति सदस्य बनाउने मलाई केही जिम्मेवारी नदिने भन्दै मसँग रिसाएको छ’ -प्रचण्डले भने ।
आफु र बिप्लवले मात्र पार्टी बिभाजन रोक्न सक्ने भन्दै उनले दुई जना मिलेर अन्तिम प्रयास गर्नुपर्ने बताएका थिए । बिप्लवलाई आफ्नो उत्तराधिकारीको दर्जा दिंदै प्रचण्डले पार्टी बचाउनका लागि प्रयास गर्न बाक्लै अनुरोध गरेका थिए ।
तर बिप्लव भने खुला राजनीतिमा आएसँगै पार्टी नेतृत्वलाई खुइल्याएर आफु स्थापित हुने रणनीतिमा लागेका छन् । उनले आफ्नो सिधा टक्कर प्रचण्डसँग मात्र हुने वताउँछन् ।
No comments:
Post a Comment